बिल्बाओ TIE Cita (Toma de Huellas) — पूरा Guide
Cita Previa de Extranjería → Acceder al procedimiento → Provincia: BIZKAIA
त्यसपछि तपाईंले गर्न खोजेको कामअनुसार trámite छान्नुपर्छ।
उदाहरणका लागि:
- Información – Extranjería सम्बन्धी जानकारी
- Toma de huellas / expedición de TIE – यो Policía को प्रक्रिया हो
- Autorización de residencia सम्बन्धी काम
- Prórroga / renovación सम्बन्धी काम
- अन्य उपलब्ध trámite
महत्त्वपूर्ण: सबै Extranjería कामका लागि एउटै cita प्रयोग हुँदैन।
तपाईंको Bilbao Policía Nacional मा fingerprint appointment book गर्ने पूरा तरिका, चरण-दर-चरण।
तपाईंको Appointment को Details (छिटो हेर्नको लागि)
| कुरा | के छान्ने |
|---|---|
| Provincia | Bizkaia |
| Oficina | CNP BILBAO JSP del País Vasco — Gordoniz, 8, Bilbao |
| Trámite | POLICIA – TOMA DE HUELLAS (EXPEDICIÓN DE TARJETA), RENOVACIÓN DE TARJETA DE LARGA DURACIÓN y DUPLICADO |
| Nacional (nationality) | Nepal |
| Tipo de documento | N.I.E. |
यो table छेउमा राखेर हेर्नुहोस् — screen मा देखिने Spanish text ठ्याक्कै यसैसँग मिल्नुपर्छ।
चरण-दर-चरण: Appointment Book गर्ने तरिका
चरण १ — Procedure सुरु गर्ने
Cita portal खोल्नुहोस् र "Acceder al Procedimiento" मा click गर्नुहोस्।
चरण २ — Province छान्ने
Bizkaia छान्नुहोस्, त्यसपछि "Aceptar" मा click गर्नुहोस्।
चरण ३ — Office छान्ने
"CNP BILBAO JSP del País Vasco — Gordoniz, 8, Bilbao" छान्नुहोस्, त्यसपछि "Siguiente / Aceptar" मा click गर्नुहोस्।
चरण ४ — सही Trámite (procedure) छान्ने
POLICÍA NACIONAL भित्र, "POLICÍA - TOMA DE HUELLAS (EXPEDICIÓN DE TARJETA)" छान्नुहोस् — यदि लामो नाम देखियो भने: "...RENOVACIÓN DE TARJETA DE LARGA DURACIÓN y DUPLICADO" वाला option छान्नुहोस्।
⚠️ यी गल्तीले नछान्नुहोस्:
- ❌ Asignación de NIE
- ❌ Información
- ❌ Certificados
- ❌ Autorización de regreso
TIE fingerprint को लागि "TOMA DE HUELLAS" मात्र सही हो।
चरण ५ — Nationality छान्ने
NACIONAL भित्र देशहरूको list बाट Nepal छान्नुहोस्, त्यसपछि "Aceptar" मा click गर्नुहोस्।
चरण ६ — आफ्नो Identity details भर्ने
- Tipo de documento मा "N.I.E." छान्नुहोस्
- आफ्नो NIE नम्बर लेख्नुहोस् (जस्तै:
Y1234567X) - आफ्नो पूरा नाम लेख्नुहोस् (passport/NIE मा भएको अनुसार ठ्याक्कै)
- País de nacionalidad मा Nepal छान्नुहोस्
- त्यसपछि "Aceptar" मा click गर्नुहोस्
चरण ७ — Cita Request गर्ने
अर्को screen मा "SOLICITAR CITA" मा click गर्नुहोस् (Consultar, Anular, वा Salir होइन)।
चरण ८ — Contact information भर्ने
आफ्नो Spanish mobile number र चलिरहेको email लेख्नुहोस्, त्यसपछि "Siguiente / Aceptar" मा click गर्नुहोस्।
चरण ९ — Date र Time छान्ने
उपलब्ध Fecha (date) र Hora (time) छान्नुहोस्। यदि "No hay citas disponibles" देखियो भने, अहिले appointment उपलब्ध छैन — पछि फेरि check गर्नुहोस्।
चरण १० — सबै कुरा Confirm गर्ने
Trámite, office, नाम, NIE, date, र time — सबै सही छ कि छैन जाँच्नुहोस्, त्यसपछि "CONFIRMAR" मा click गर्नुहोस्।
चरण ११ — Confirmation Save गर्ने
"Justificante de Cita" (PDF) download गर्नुहोस् — फोनमा save गर्नुहोस् र सम्भव भए print पनि गर्नुहोस्।
Cita पाएपछि के गर्ने
Appointment book भएपछि, appointment को दिनअघि तयार पार्नुपर्ने अरू कुराहरू छन् — कागजात, तासा (fee), र फोटोको requirement। सही रकम र कागजात तपाईंको TIE पहिलो पटक हो कि renewal हो भन्नेमा भर पर्छ। अझै मिलाउनुपर्ने कुराहरू:
| विषय | के चाहिन्छ |
|---|---|
| EX-17 फारम | कहाँबाट निकाल्ने, र हरेक box मा के लेख्ने |
| Tasa 790 (Código 012) | कुन option छान्ने, ठ्याक्कै रकम (पहिलो पटक हो कि renewal हो भन्नेमा भर पर्छ), online वा bank मा कसरी तिर्ने |
| फोटो | साइज र background को requirement |
| Appointment को दिन | Gordoniz, 8, Bilbao मा पुगेपछि के गर्ने |
| Fingerprint पछि | आफ्नो physical TIE card कहिले र कसरी collect गर्ने |
Nepali In Bilbao,Nepali In Pais Vasco
0 Comments